Skip to content
AANAJContact Us
April 10, 2025News-Notices

अनलाइनखबरकर्मी चिमरिया सम्मानित

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले अनलाइनखबरकर्मी अमृत चिमरियालाई सम्मान गरेको छ ।

काठमाडौंमो भृकुटीमण्डप आजदेखि सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को अवसरमा चिमरियालाई कृषि क्षेत्र र कृषि उद्यमीको विषयमा राष्ट्रिय रुपमा आवाज उठाएको भन्दै नगदसहित सम्मान गरेको हो ।

बागमती प्रदशेका कृषि तथा पशुपन्छि विकास मन्त्री प्रकाश श्रेष्ठ र संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले सम्मान पत्र प्रदान गरेका हुन् ।

चिमरिया अनलाइनखबरमा कृषि तथा आर्थिक क्षेत्रमा कलम चलाइरहेका छन्  ।

संचारकर्मीहरू सम्मानित
कृषि पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तीनजना संचारकर्मीलाई प्रथम मोही दिवस को अवसरमा विशेष सम्मान प्रदान गरिएको छ। कृषि, ग्रामीण जीवनशैली तथा कृषकका कथा उजागर गर्न निरन्तर क्रियाशील रहँदै आएका उनीहरूलाई मोही दिवस आयोजक समितिले सम्मानित गरेको हो।

सम्मानित हुने संचारकर्मीहरूमा टक्सार म्यागजिनकी फोटो पत्रकार पुष्पा पाल, हिमालयन टेलिभिजनका संवाददाता शंकर पण्डित, कृषि पत्रिकाका क्यामरापर्सन निरज रानाभाट छन्। उनीहरूको माध्यमबाट कृषिका विविध आयाम, ग्रामीण समुदायका संघर्ष र समृद्धिको सम्भावनाहरू उजागर हुन पाएको भन्दै समितिले कदर गरेको छ।