Skip to content
AANAJContact Us
April 1, 2025Events, News-Notices

एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा ‘फोर बेटर’ परियोजनाको कार्यशाला सम्पन्न

काठमाडाैँ ।  एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा सञ्चालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ। कार्यशालामा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यशालामा कृषि, पशुपालन, पर्यटन, पोषण तथा दिगो विकासका विभिन्न पहलहरूको प्रगतिमाथि समीक्षा गर्दै आगामी योजनाको प्राथमिकता निर्धारण गरिएको छ। विशेष रूपमा स्थानीय स्रोतहरूको प्रभावकारी उपयोग, नवीन प्रविधिको समावेश र पर्यटनको दिगो विकासका रणनीतिहरूमा छलफल गरिएको थियो।

त्यस्तै पोषण र स्वास्थ्य सुधारका लागि नयाँ कार्यक्रमहरू अघि बढाउने सुझाव प्रस्तुत गरिएको कार्यशालाले मन्डनदेउपुर नगरपालिका र एफ ए ओ नेपालबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

समग्रमा, कार्यशालाले नगरपालिकाको दिगो विकासका साझा लक्ष्यहरू निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। भविष्यमा प्रभावकारी योजनाहरू कार्यान्वयन गर्दै स्थानीय विकासलाई नयाँ दिशा दिन यो छलफल मार्गदर्शक बन्ने अपेक्षा गरिएको छ।