Skip to content
AANAJContact Us
March 10, 2025Events, News-Notices

काठमाडाैँमा चैत १ देखि फ्लोरा एक्स्पो हुने, ६० हजारले अवलोकन गर्ने अपेक्षा

काठमाडौँ । पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले २६ औं फ्लोरा एक्स्पो २०८१ को आयोजना गर्ने भएको छ।

फ्यानले आज काठमाडाैँमा पत्रकार सम्मेलन गरि ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुने जानकारी दिएकाे हाे । एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहने आयाेजकले जनाएकाे छ ।

मेलामा विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्धारा उत्पादित फूल बिरुवाहरूकाे विभिन्न बिधाहरूमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने निरुवा, उत्कृष्ट पुष्ण सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, अरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने आयाेजकले जनाएकाे छ ।

प्रतिस्पधामा समावेश भएका पुष्पको विभिन्न विद्याहरुको मुल्याङ्कन विषय विज्ञ प्राविधिकद्वारा हुनेछ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । साथै सदा झै यस वर्ष पनि बिगत लामो समय देखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरी लाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार यस वर्ष आयोजना हुने २६ औँ फ्लोरा एक्स्पो अवधि भित्र करिब ६० हजार अवलोकनकर्ता द्धारा अवलोकन हुने तथा एक करोड बढीको व्यवसायीक कारोबार हुनेछ । मेलामा सहभागी हुने नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता, तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैगरि २६ औँ फ्लोरा एक्स्पोलाइ भव्य रुपमा संचालन गर्न विभिन्न संघ सस्थाहरुको सहयोग तथा सहकार्य रहेको फ्यानले जनाएको छ । फ्यानका अनुसार जसमा साईमेक्स प्रालि (बीवाईडिको अधिकारी ब्रिकेता), नेपाल डेरी प्रा.लि प्रारम्भ बायोटेक, पान अमेरिकन सीको स्पोन्सर रहेको छ भने बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यद्वारा अभिनित चलचित्र भुठान फिल्म समुहको समेत पुष्प मेला प्रचार प्रसारमा सहयोग रहेको छ। साथै मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहने छ।