Skip to content
AANAJContact Us
June 29, 2024News-Notices

आज २१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, यस्ता छन् धान सम्बन्धि तथ्य

काठमाडौँ। आज असार १५ । दही चिउरा खाँदै देशभर धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।

यो वर्षको धान दिनसको नारा ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ तय गरिएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालको प्रमुख आतिथ्यमा यो वर्षको धान दिवसको मुल कार्यक्रम चितवनको बछौलीमा हुँदैछ भने विभिन्न संघसंस्थाहरुको आयोजनामा देशभर कार्यक्रम गरिदैछ ।

प्रमुख बाली धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्वलाई मनन गर्दै वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आइएको छ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको विषयलाई सचेतना फैलाउने सन्देश यो वर्षको धान दिवसको नाराले दिएको छ।

धानसँग सम्बन्धित तथ्यांकः