Skip to content
AANAJContact Us
April 17, 2024News-Notices

नामियाको आयोजनामा १४ दिने कृषि यन्त्र संचालन तथा मर्मत तालिम सुरू

काठमाडौँ । कृषि मेशिनरी मर्मत तथा संचालन गर्ने गरि व्यवसायिक तालिम सुरू भएको छ । कृषि मेशिनरी औजार (पावर टिलर र मिनी टिलर) को मर्मत तथा संचालन सम्बन्धी तालिम हिजाे (मंगलबार) बाट काठमाडौँमा सुरू भएको हो ।

१४ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् ।

सहभागीलाई सैद्धान्तिकसँग व्यवहारिक रुपमा पनि ज्ञान दिइनेछ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लगायतका अनुसन्धान तथा औजार प्रयोग भइरहेका क्षेत्रमा पुगेर मर्मत सम्हारका कुरा सिकाइने भएको छ ।

५० हजार बढी किसानले पवार टिलर र २ लाख बढीले मिनी टिलर प्रयोग रहेकाे तथ्यांक छ । बढ्दो प्रयोगकाबिच मर्मर सम्हार र चलाउन सिकाउने सिपको विस्तार गर्नु पर्ने आवश्यकतालाई मध्यनगर गर्दै तालिमको आयोजना गरिएकोमा कृषि तथा पशुपन्छी विकास सचिव डा. गोविन्द प्रसाद शर्माले आयोजकलाई धन्यवाद व्यक्त गरे।

देशका दूरदराजमा पनि कृषि यान्त्रिकरणको बढ्दो प्रयोगलाई मध्यनगर गर्दै थप किसानको घरदैलोमा सेवा विस्तार गर्न तालिमको आयोजना गरिएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा तालिमको आयोजना गरेका हुन् ।