Skip to content
AANAJContact Us
March 15, 2024Events, News-Notices

२५ औँ फ्लोरा एक्स्पो सुरूः काठमाडौँको मृकुटीमण्डममा चैत १ देखि ४ गतेसम्म चलिरहेको छ

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो’ सुरू भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” नाराका साथ चैत १ सुरू भएको एक्स्पो ४ गतेसम्म चल्नेछ।

फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरू, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरूको सहभागिता छ।

पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलकारीक बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्‌लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रविधी, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विकी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल विरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ९गुलाब, जरबेरा र कार्नेशन० स्वच्छ प्रतिस्पर्धा गराइएको छ।

मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । फ्लोरा एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।

मेलाको उद्घाटन बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा। राजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

मेलाको उद्घाटन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री ज्यावाला कुमारी साहले गर्ने कार्यक्रम तय भएकोका वित्तीय संस्था पीडितको आन्दोलन चलिरहेकाले सुरक्षा जोखिम भएको भन्दै अन्तिम समयमा कार्यक्रममा उपस्थित भइनन्।