Skip to content
AANAJContact Us
July 15, 2025News-Notices

कोदोजन्य समाचार लेखन पुरस्कार २०८२ आव्हान

कोदोजन्य समाचार लेखन पुरस्कार २०८२ आव्हान

राष्ट्रिय काेदाे दिवस २०८२ काे अवसरमा काेदाे सम्बन्धी उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेकाे सहर्ष जानकारी गराउँदै आफूले वर्षभर लेखेकाे काेदाेजन्य बाली सम्बन्धी समाचार सामग्री उपलब्ध गराइ सहभागिता जनाउनु हुन सातै प्रदेशका संचारकर्मीज्युहरूमा अनुराेध गर्दछाैँ ।

सर्तहरूः
१. आफैले सम्प्रेषण गरेकाे रेडियाे, टेलिभिजन, पत्रपत्रिका वा अनलाइन  मिडियामा प्रकाशित/प्रशारित समाचारजन्य सामग्री हुनु पर्नेछ । बाइलाइन हुनुपर्छ । बाइलाइन नभए तपाईले लेखेको पुष्टि हुने आधार हुनुपर्छ ।

२. कम्तिमा तीनदेखि पाँच वटा सामग्री हुनु पर्नेछ ।

३. सामग्री १५ साउन २०८१ देखि १० साउन २०८२ भित्र प्रकाशित भएकाे हुनु पर्नेछ ।

५. पुरस्कृत कृषि पत्रकारकाे नाम घाेषणा राष्ट्रिय काेदाे दिवस २०८२ मा गरिनेछ ।

६. पुरस्कार सम्बन्धी निर्णयको सम्पूर्ण अधिकार अनाजमा रहने छ ।

पठाउनुपर्ने अन्तिम म्याद: ११ साउन २०८२ (कार्यालय समयभित्र)
समाचार पठाउने इमेल ठेगाना: anaj.nepal@gmail.com
सम्पर्क: ९८५१०७७२६७ ।।  ९८५१०८४१९४ ।। ९८५१०८२१०२

————–
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज)

अनामनगर, काठमाडाैँ ।