Skip to content
AANAJContact Us
June 25, 2025News-Notices

टक्सार म्यागजिनका संबाददाता थापा विश्व दुध दिवस २०८२ मा सम्मानित

काठमाडौँ । टक्सार म्यागजिनका संवाददाता रबि थापा सम्मानित भएका छन् । आइतबार विश्व दुध दिवसको अवसरमा आयोजित मूल कार्यक्रममा थापालाई सम्मान गरिएको हो ।

लामो समयदेखि टक्सार म्यागजिनमा कृषि विधामा कलम चलाइ रहेका थापालाई दुध तथा दुग्ध पदार्थका विषयमा उल्लेखनीय समाचार सम्प्रेषण गरी यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले सम्मान गरेको हो ।

बोर्ड अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले थापालाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । यो वर्षको विश्व दुग्ध दिवस बागमती प्रदेशको राजधानी हेटौडामा आइतवार मूल कार्यक्रम सम्पन्न भएकाे छ ।

 

(१८ जेष्ठ २०८२, आइतबार)