Skip to content
AANAJContact Us
September 14, 2024News-Notices

दिलिप बादेको अध्यक्षतामा फ्लोरिकल्चर एसोसिएसनको नयाँ कार्यसमिति

काठमाडौँ। पुष्प व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्षमा दिलिप बादे निर्वाचित भएका छन्।

शुक्रवार सम्पन्न ३२ औं बार्षिक साधारण सभा तथा अधिवेसनले बादेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठ र उपाध्यक्षमा राम बहादुर तामाङ निर्वाचित भएका छन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा निर्वाचन भएको थियो भने बाँकी पदाधिकारीहरु भने सर्वसम्मत गरिएको हो । अधिवेसनले संस्थाको महासचिव हिरामणी शर्मा सर्वसम्मत भएका छन्।

साधारणसभाबाट सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाई निर्विरोध निर्वाचित भएका हुन्।

कार्यसमिति सदस्यहरुमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्र कुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रन्जिता जिमी र कमला लामा निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष मिन बहादुर तामाङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष बादेले साधारणसभा तथा अधिवेसशनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको गरिमा उँचो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।