Skip to content
AANAJContact Us
January 13, 2024News-Notices

कन्काई नगरपालिका र जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडबिच कृषि उद्यमशीलताका लागि सम्झौता

झापाको कन्काई नगरपालिका र जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडबिच कृषि उद्यशीलताको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। २०८० पुस २७ गते नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेल र जनता एग्रोका अध्यक्ष पवन कुमार गोल्याणले समझदारीपत्रमा हस्ताक्षर गरेका भएको छ।

व्यवसायिक कृषि, वनपैदावर, जडिबुटी, तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नयाँ उद्यमी तथा स्वउद्यमशीलताको विकास एवं विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने उद्देश्यकासाथ सम्झौता गरिएको दुबै पक्षको भनाइ छ।